तीन दिनभित्र रकम तिर्ने श्रीराम सुगर मिलकाे प्रतिवद्धता - News Birat

तीन दिनभित्र रकम तिर्ने श्रीराम सुगर मिलकाे प्रतिवद्धता

न्यूज विराट

राैतहटको श्रीराम सुगर मिलले किसानको सम्पूर्ण वक्यौता तिर्ने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलका सञ्चालक सम्पर्कमा आएको जानकारी गराएका हुन् ।

गत वर्षदेखि बन्द रहेक‍ाे यो उद्योगले किसानको ३५ करोड रूपैयाँ वक्याैता बुझाउन बाँकी छ । मिल सञ्चालक तीन दिनभित्र भुक्तानी गर्ने प्रतिवद्धतापछि मन्त्रालयले मन्त्रालयमा २ बजे सञ्चालक बोलाएको मन्त्री भट्टले जानकारी गराए । उनले श्रीराम सुगर मिलले तीन दिनभित्र रकम भुक्तानी गर्ने विषयमा अर्को उद्योगी पनि साक्षी बस्न तयार रहेको जानकारी गराए ।

श्रीराम सुगर मिललमा गोल्छा ग्रुप र विशाल ग्रुपको शेयर छ । त्यस्तै, किसानको भुक्तानी नदिने अन्नपूर्ण र लुम्बिनी सुगर मिललाई कानुनी कारबाही सुरू गर्न पत्रचार भएको मन्त्री भट्टले जानकारी गराए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles