प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

 न्यूज विराट
प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

विराटनगर । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो ।

सरकारी रिपोर्ट अनुसार ७ वर्ष देखि १९ वर्ष सम्मका किशोरिहरुले बिभिन्न स्वास्थ्य सस्थाबाट गर्भपतनको सेवा लिएको देखिएको छ । गर्भपतनको सेवा लिनेहरु अधिकाशं २० वर्ष भन्दा मुनिका छन् ।

नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरु मध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । नेपालको ऐन, नियम, कानुन, निर्देशिकाहरूले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सुरक्षित रुपमा गर्भपतन राउन पाइन्छ भन्ने जानकारी ४३ प्रतिशत महिललाई मात्रै छ । ठुलो संख्यामा महिला तथा किशोरीहरु सुचिकृत नभएका फार्मेसी र अन्य स्वाथ्य सस्थामा गएर सेवा दिने गरेका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी नर्सिङ कम्युनिटी अधिकृत कविता अर्यालले हाल देशमा १५ सय स्वास्थ्य सस्था सुरक्षित गर्भपतनको सेवा दिन सुचिकृत भएको बताईन् । सुचिकृत स्वास्थ्य सस्थाबाट बि.स २०६० देखि हाल सम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । असुरक्षित गर्भपतनको एकिन तथ्यांक भने सुरक्षितको जस्तो लिन सहज छैन उनले भनिन् ।

असुरक्षित रुपमा भएको गर्भपतनलाई कसरी घटाउने भन्ने ठुलो चिन्ता अधिकारीहरुले लिएका छन् ।

सम्बन्धित समाचार

आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

कांग्रेसले भन्यो : सरकारको आपत्तिजनक कदम, गैरजिम्मेवार प्रवृत्ति

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दलको नेताविना संवैधानिक परिषद्ले निर्णय लिने र राजनीतिक दल फुट्न सहज हुने गरी अर्को पनि अध्यादेश प्रमाणीकरण भएपछि कांग्रेले आपत्ति जनाएको हो...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, २६ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र सात पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्