विराटनगरमा ६ वर्षीय नाबालिगमाथि बलत्कार गरेको आरोपमा ३८ वर्षीय पुरूष पक्राउ

 न्यूज विराट
विराटनगरमा ६ वर्षीय नाबालिगमाथि बलत्कार गरेको आरोपमा ३८ वर्षीय पुरूष पक्राउ

विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् ।

कामतले घरमा कोही नभएको मौका छोपी ६ वर्षीय बालिकालाई भाइटिकाको भोलीपल्ट कार्तिक ११ गते दिउँसो बलत्कार गरेको पीडितले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेखछ । पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलत्कार आरोपमा पक्राउ परेका कामत मिस्त्री काम गर्दछन् ।

‘घरको विद्युतमा समस्या आएपछि पीडित बालिकाको बावुले कामतलाई घरमा बोलाएर उनी काममा गएका थिए । विद्युतमा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी नाबालिकमाथि जवरजस्ती करणाी गरे,’ पीडित बालिकाका आफन्तले दिएको जाहेरीमा उल्लेखछ ।’

पीडित बालिकाले कामतले बलत्कार गरेको छिमेकी आन्टीलाई सुनाएकी थिइन् । ती आन्टिले आफ्नो श्रीमानलाई घटनाको विषय जानकारी गराएपछि बलत्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो ।

पीडित बालिकाका बावुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामत विरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘पीडितका बावुले जाहेरी दिएपछि पक्राउ गरि अहिले अनुसन्धान सुरू गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।’

प्रहरीले बुधबार कामतलाई मोरङ अदादतमा जवरजस्ती करणाी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक सुरुहुँदै ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ वैशाख-सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ ।प्रधामन्त्री निवासमा बालुवाटारमा बस्ने बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण...

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदनमाथिकाे सुनुवाइ भोलिलाई सारियो

काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज...

जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय...

विधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौं, २४ असार-आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाले आयुर्वेद अस्पताल,...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्