मिठाइ उद्योगमा बिस्फोट हुँदा दुई कामदार घाइते

 न्यूज विराट
मिठाइ उद्योगमा बिस्फोट हुँदा दुई कामदार घाइते

विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।
निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५ बजेतिर पाइप विष्फोट भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार घटनामा परेर सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएका छन् ।

घाइते दुवै जना निर्माणाधीन फ्याक्ट्रीका कामदार हुन् । घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग पिल्सिएको प्रहरीले जनाएको छ । महेन्द्रको अवस्था सामान्य छ ।

दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डिएसपी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

विराटनगर, ३० असोज–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो। सामाजिक विकास...

कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...

प्रदेश १ मा शनिबार संक्रमित थपिने भन्दा डिस्चार्ज हुने बढी

विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको...

माधव नेपाल समीकरण भन्दा बाहिर नजाने प्रचण्डको दावी

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर...

सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, भर्ना भएका विद्यार्थीलाई गराइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक,...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर, ९ पुस-धनकुटामा बसको ठक्रबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो । बिहिबार बिहान धनकुटा–७ जिरो प्वाईन्टमा को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्