बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

 न्यूज विराट
बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ ।

उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

कार्तिक ७ गते लक्ष्मीपूजाको दिन नितेश पेट्रोल पम्पमा विद्युत सर्ट भएर आगोलागी भएको थियो । पेट्रोल पम्पमा आगोलागी हुँदा मण्डलसहित बुढीगंगा ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भइरहेको थियो ।

मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारपछि डिस्चार्ज भएको छ । उनीहरू दुवै जना पेट्रोल पम्पका कर्मचारी हुन् । पम्प भित्र आगलागी हुन थालेपछि उनीहरू निभाउन जाँदा घाइते भएका थिए ।

सम्बन्धित समाचार

आज महाशिवरात्रि पर्व, मध्यरातीदेखि नै पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं, फागुन १७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी...

महिलाहरुलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो।  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...

मनमोहनमा विश्व विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ । देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन...

महिला र युवतीहरुलाई प्याड बनाउने तालिम

विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

‘पथरीशनिश्चरे नगरपालिका शैक्षिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल छ’

  [caption id="attachment_47283" align="alignnone" width="906"] दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ[/caption] दिनचर्या कसरी बिताइरहनु भएको छ ? म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो ।...

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु

विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्