पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु - News Birat

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु

न्यूज विराट

विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना लिम्बुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सुदापको च्यात्लुङमा प्रगगि कृषि समूहले सिंचाईको लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कविन्द्र काकीले जानकारी दिए । उनका अनुसार बालिकाहरूलाई मृत अवस्थामा शनिबार साँझ फेला पारिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles