प्रदेश १ मा तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु,

 न्यूज विराट
प्रदेश १ मा तिहारमा ९९ वटा दुर्घटना, १७ जनाको मृत्यु,

विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरले जानकारी दिए । १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटिकाको दिन सवारी दुर्घटना भएको छ । भाइटिकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तिहार सुरु भएको पहिलो दिन काग तिहार कार्तिक ६ गते १८ वटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
यस्तै कार्तिक ७ गते १५ वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । कार्तिक ८ गते १३ वटा दुर्घटनामा परी २ जनाको, कार्तिक ९ गते १३ वटा दुर्घटनामा परी २ जनाको र कार्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार सुनसरीको इटहरी–१० मा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको छ ।
तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।
तिहारमा सबैभन्दा बढी दुई पाङग्रे सवारी साधन बढी दुर्घटना भएको डिएसपी मगरले बताए । ‘दुर्घटनाको कारण तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउँदा सवारी दुर्घटनामा भएको देखिएको छ,’ डिएसपी मगरले भने ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

मोरङ सहकारीमा न्यूरो सर्जरीको भरपर्दो उपचार

विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...

विराटनगरको कोसी अस्पतालमा नक्कली डाक्टर बनेर विरामी परिक्षण गर्ने एक जना पक्राउ

विराटनगर, १ भदौ । विराटनगरमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानिया रहेका छन् । उनले सोमबार राती मदिरा सेवन गरेर नक्कली डाक्टर बनि कोसी अस्पतालको...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...

ईडेनवर्ग कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम एउटै मञ्चबाट

विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्