बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने

 न्यूज विराट
बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने

विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो ।

आयोजक समितिले विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी कार्तिक १५देखि २३ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । यस वर्ष हुने गोल्डकपमा विजेताले पाउने नगद राशि तीन लाख रुपैयाँ आयोजकले बढाएको छ । पाँचौँ संस्करणमा विजेता हुने टिमले नगद ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघिको चौथो संस्करणमा विजेताले ५ लाख रुपैयाँ रहेको थियो ।

बुद्ध एयरले मुख्य प्रयोजन गरेको गोल्ड कपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता रहेको डाँगी हाट यूथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजा रानी फुटबल क्लबको सहभागिता रहेको छ ।

बेलबारी गोल्डकप हुनेबारेमा जानकारी गराउँदै आयोजक ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपरलाई १५ हजार, उत्कृष्ट डिफेन्डर लाइ १५ हजार, उत्कृष्ट मिडफिल्डलाई १५ हजार पुरस्कार राशि रहेको छ । यस्तै उत्कृष्ट कोचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार उदयमान खेलाडीलाई १५ हजार रुपैयाँको साथै प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँ रहेको डाँगी हाट यूथ क्लबका प्रेस संयोजक तथा प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताको उद्घाटनको खेल झापाको रोलिङ एफ सी र पेम्बा यूथ क्लब विराटनगर बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक जना...

विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक...

आज ७१३५ जना कोरोनामुक्त

काठमाडौं, जेठ १०-देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण...

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्