मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ - News Birat

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

न्यूज विराट

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोप छ । प्रहरीका अनुसार हत्या आरोपमा उनी प्रतिवादी हुन् । अहिलेसम्म शिक्षक हत्या आरोपमा अरु कोही पक्राउ नपरेको मोरङ प्रहरीले जनाएको छ ।

आफ्नो पाटीविरुद्ध सुराकी गरेको भन्दै चन्द समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । विकको साथबाट पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles