झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 न्यूज विराट
झापाको बिर्तामोडमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईवटै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ अनिश साउँदेन् र सोही गाउँपालिका वडा नं ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार ४३ बर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो ।

उनीहरुको बिएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ बर्षिया चन्द्रकला भुजेल र ९ बर्षिया छोरी प्रशन्ना भुजेल घाईते भएका छन । उनीहरुको बिर्तासिटी अस्पतालमा विर्तामोडमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । ट्विटमा अभिजितले लेखेका छन्,...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

कांग्रेस प्रदेश १ अधिवेशनः १७५२ मत खस्यो, मतगणना भोलि

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि झण्डै ७ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो । मतपत्रमा इलामबाट...

नागरिकता विधेयक पारित गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, १३ भदौ । संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा प्रर्दशन गरेको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्