मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय
आइतबार, ३० असोज, २०७९,
न्यूज विराट
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ ।
त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय निशा बानिया र स्नेहा ढकालले क्रमशः ८२ र ८०.९५ अङ्क ल्याएर प्रथम र द्वितीय स्थान हात पार्न सफल भएका हुन् ।
करिब ९०० विद्यार्थीले परीक्षा दिएकोमा मेरिल्याण्का दुई जना छात्रा सहित मेरिल्याण्डकै थुप्रै विद्यार्थीहरूले सफलता हासिल गरेका छन् । गत वर्ष पनि महेन्द्र मोरङको सी म्याट परीक्षामा मेरिल्याण्कै छात्रा रशमी शाहले प्रथम स्थान हात पारेकी थिइन् भने बिबिए प्रथम सेमेस्टरको परीक्षामा हेनरीका ढकालले प्रथम भएकी थिइन् ।
त्यसै गरी २०७९ सालको कक्षा –१२ को बोर्ड परीक्षामा दिया अग्रवालले सर्वाधिक अङ्क ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै वर्षदेखि डिग्री क्याम्पस विराटनगरको बिबिए प्रवेश परीक्षाको नतिजामा मेरिल्याण्डकै छात्र शाश्वत ढकालले प्रथम स्थानमा नाम निकाल्न सफल भएका छन् । उक्त सफलताबाट कलेज गौरवान्वित भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।
काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान...
काठमाडौं, ३१ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको...
काठमाडौँ । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकीले गर्दा प्रतिगामी शक्ति आशावादी भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ओली सरकारको जनविरोधी गतिविधिले प्रतिगामी...
विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...
काठमाडौं, १४ वैशाख-जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दर्ता गर्न खोजिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ ।सो पार्टीका नेता बाबुराम भट्टराईका अनुसार नेकपाका सांसद र पूर्व आईजीपीविरुद्ध यादवको अपहरण...
काठमाडौं, २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...
विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...
कोरोना भाइरस संक्रमणपछि आर्थिक गतिविधि ठप्प भए पछि भारतको एयर इन्डियाले २ सय पाइलटसँगको सम्झौता रद्द गरेको छ ।विश्वभर कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि ठप्प बनेको छ भने अझै मन्दी छाउने आँकलन भइरहेका बेला...