विराटनगर । २८ औं राष्ट्रिय कण्डम दिवसमा विराटनगरमा विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज विराटनगरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएको हो । परिवर्तनशिल समाज, आम्दा नेपाल, चिरमन्ड फलोसिप, स्पर्श नेपाल, परिवार नियोजन संघ, एआरटि सेन्टर कोशी अस्पताललगायतको संघसंस्थाहरुले कण्डम दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी गराएको परिवर्तनशिल समाजकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार शनिबार साझ विराटनगरको रोडशेष चौकमा कण्डम बितरण गर्नुको साथै दिप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको जानकारी गराइन् ।
कण्डम दिवसको अवसरमा यसको जानकारी दिन कण्डम बितरण गरिएको उनले बताइन् । कण्डम स्टल राखेर यसको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरण गरिएको आम्दा नेपालका अशोक चौधरीले जानकारी गराए ।
विराटनगर, १० चैत । विराटनगर–रंगेली सडकखण्डमा निर्माणाधीन हुलाकी सडकको विस्तार गर्दा स्थानीयलाई कम मार्का पार्ने गरी विस्तार गर्नुपर्ने कटहरीबासीले माग गरेका छन् । स्थानीयवासी सम्मिलित हुलाकी सडक संघर्ष समिति कटहरीले मंगलबार सो विषयको ज्ञापनपत्र गाउँपालिकालाई...
विराटनगर, १६ साउन–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । झापाको मेचीनगरमा...
एजेन्सी, साउन २५ -श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।...
इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...
एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...
विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।...
काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...
कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...