६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

 न्यूज विराट
६७ औँ प्रहरी दिवसमा  विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो ।
प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्रहरीले प्रहरीको ब्यान्ड बाजाबाट करिब एक घण्टा ब्याण्डले विभिन्न बाजगाजासहित प्रस्तुती दिएको थियो । उनीहरूले आधा दर्जन बढी ब्यान्ड बाजाबाट देशभत्ती गीतको धुन बजाएर मनोरञ्जन प्रदान गरे ।


प्रदेश प्रहरीले ६७ औँ प्रहरी दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्रदेश डिआइजी सुदिप गिरीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४१ जना प्रहरी अधिकृत तथा जवानहरूले रक्तदान गरेका थिए । सोमबार बिहान प्रदेश प्रहरी कार्यालयमा विभिन्न कार्यक्रम गरी ६७ औँ प्रहरी दिवस मनाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात

विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्