प्रदेशस्तरीय तेक्वाण्डो सेमिनार विराटनगरमा सुरू, १ सय ३५ खेलाडी सहभागि

 न्यूज विराट
प्रदेशस्तरीय तेक्वाण्डो सेमिनार विराटनगरमा सुरू, १ सय ३५ खेलाडी सहभागि

विराटनगर, ३ पुस-१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म संचालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ ।

शनिबार सम्पन्न हुने सेमिनारमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।

सेमिनारमा सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिइने छ । आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनार गरिएको कार्कीले बताए ।

कार्यक्रममा बोल्दै कार्कीले खेलाडीहरू राष्ट्रियको गहना भएकोले राज्यले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नुपर्ने बताए । तीन तहको सरकारले खेलकुदल क्षेत्रलाई पहिलो प्रथामकिता राख्ने सकिए मात्र यस क्षेत्र व्यवसाियक बन्दै खेलाडीहरू आत्मनिर्भर बन्न सक्ने बताए ।

दुई दिनसम्म सञ्चालन हुने सेमिनार तेक्वाण्डोका खेलाडीहरूको लाभदायी हुने उनको भनाई छ । सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् । सोही अवसरमा तेक्वाण्डोका खेलाडीहरूले आ–आफ्नो कला पनि प्रर्दशन गरेका थिए । सेमिनारको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो

डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...

‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको...

घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्