तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका
बुधबार, २६ असोज, २०७९,
न्यूज विराट
विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ । रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका मंगलबार दिउँसो बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ । त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ । भारतबाट भन्सारले गरेर विद्युतीय सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर जाँच गरेको थियो ।
भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको विद्युतीय सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ ।
बरामद पटका प्रहरीले नष्ट गर्ने गरेको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनि प्रदूषण हुने गरेको छ । त्यसबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ ।
विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...
काठमाडौं, ६ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा...
काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ । जसपाका ३२ जना सांसदमध्ये कांग्रेस...
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...
एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...
एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो...
काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...
विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...