मोरङ ५ मा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी

 न्यूज विराट
मोरङ ५ मा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधी सभा सदस्यी पदमा नेकपा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी परेको छ । मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी लघुवित्त संस्था जीवन विकास समाजका संस्थापक हुन् । उनले निर्वाचनको लागि लामो समयदेखि तयारी गर्दै आएका थिए । जनता समाजवादी पार्टीसँग एमालले गठबन्धन गरेपछि उनलाई पार्टीले टिकट दिएको थिएन । पार्टीले टिकट नदिएपछि मण्डलले स्वतन्त्रबाट उम्मेद्वारी दिएका हुन् ।
जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको बताए । उनले अझै पनि समय रहेको भन्दै नेताहरुले सोच्नुपर्ने बताए ।
उक्त क्षेत्रबाट जसपाले पार्टीका प्रदेश १ उपाध्यक्ष तथा जिल्ला अध्यक्ष राजकुमार यादवलाई उम्मेद्वार बनाएको छ ।

मोरङ ५ (ख) मा पनि एमालेबाट निवर्तमान प्रदेश सांसद बसन्तिदेवी यादवले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले जसपासँग गठबन्धन गरेकाले टिकट नपाउने भएपछि पार्टी परिवर्तन गरेर उम्मेद्वारी दिएको उनले बताइन् ।

सम्बन्धित समाचार

कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ । सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र...

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...

विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...

पर्यटनमन्त्री भट्टराईले भने, ‘प्रोक्सी वार’ बन्द गरौँ

काठमाडौं, १७ असार-पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको जारी विवादका बारेमा बोल्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको परामर्श बैठकमा सहभागी भएपछि निस्केर...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

कोरोनाबाट काठमाडौंका ३ महिलासहित एकै दिन १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्