एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

 न्यूज विराट
एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएका हुन् ।

‘नेकपा एमाले मोरङको तर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ खतिवडाले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ, ‘पार्टी कमिटीहरू कार्यार्थ हुन्, केबल बोधार्थ वा मानार्थ मात्र होइनन् । पार्टीले गर्ने निर्णयहरू वा सूचनाहरूमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो । तर अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरीत रहेको व्यहोरा अनुरोध छ ।

यसर्थ यस्तो गैर राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’ खतिवडाले आफ्नो राजीनामा पत्र जिल्ला अध्यक्षलाई सम्बोधन गरेका छन् भने प्रदेश समिति र केन्द्रीय समितिका अध्यक्षलाई बोधार्थ दिएका छन् ।

सम्बन्धित समाचार

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार...

हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान विराटनगर महानगरलाई

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई...

तीन जिल्लामा र्‍यापिड टेष्ट

सरकारले तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले बाग्लुङ, कञ्चनपुर र कैलालीमा र्‍यापिड टेस्ट गर्ने भएको छ । तत्काल परीक्षण नभएको कारण अर्को व्यक्तिलाई नसरोस् भनेर अहिलेलाई ३ जिल्ला र्‍यापिड...

प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग

प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने...

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्