जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

 न्यूज विराट
जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।
मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि जितेको हो ।
जितसँगै पशुपतिले नगद ७५ हजार रुपैयाँको साथै ट्रफी हात पारेको छ । उपविजेता बनेको रानी क्लबले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

निकै रोमाञ्चित फाइनलमा खेल सुरु भएको तीन मिनेटमा पशुपतिका हरि नारायण खवासले गरेको गोल टिमको जित सुनिश्चितको लागि निर्णायक बनेको थियो । उनले वान भर्सेस वानको प्रहार गोलमा परिणत गरेका थिए ।

फाइनल खेलको म्याद अफ द म्याच निर्णायक गोल गर्ने पशुपतिका हरि नारायण खवास घोषित भए । वेस्ट गोल किपर रानी युवा क्लबका प्रमिजय गच्छदार, वेस्ट डिफेन्डर पशुपतिका विकास खवास, वेस्ट मीड फिल्डर पशुपतिका सृजनशील खवास, वेस्ट फरवार्ड पशुपतिका राजु सरदार, वेस्ट पिलिएर कैलाश बस्नेत घोषित भए । वेस्ट कोचमा पशुपतिका जितेन्द्र कुमार साह भए ।
लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म भएको गोल्ड कपमा ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता तथा उपबिजेताहरूलाई कार्यक्रमको प्रमुख अतिथि जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डल, लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक...

कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँँ रुपैयाँ

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...

कर्मचारीलाई खाजा भत्ता दिने कोशी प्रदेश सरकाको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले आइतबार यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई...

विराटनगरका ब्यूटिसियनलाई ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ

विगराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर ट्रेनिङ दिएको हो...

इप्रका रानीद्धारा २ लाख ६७ हजारको अवैध सामान बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

आज १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...

हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्