मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

 न्यूज विराट
मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।

न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप कार्डियाक वर्क आउट गरेको हो ।

विराटनगरस्थित लर्ड बुद्ध कलेजमा आयोजित गु्रप कार्डियाक वर्क आउटलाई द व्ययामशाला, इटहरीले समन्वय गरेको थियो । गु्रप कार्डियाक वर्क आउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।
गु्रप कार्डियाक वर्क आउटपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपीन र शारिरक व्ययाममा ध्यान दिनुपर्नेमा सुझाब दिए । ‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्यबनौं,’ उनले भने, ‘प्रत्येक मुटुको लागी मुटुप्रयोग गर्ने प्रतिज्ञा गरौं ।’
कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिनहुँदैन ।’ समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राख्नुपर्ने उनले बताए ।
मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यकरहेको उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कमखाने, व्यायाममा जोड दिनुपर्दछ,’ डा. श्रेष्ठको सुझाब रहेको छ । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।’

उतm अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, मेडिकल डाइरेक्टरडा. शैलजा क्षेत्री९श्रेष्ठ०लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी मुटु दिवस न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । असोज ९ गते आइतबार नेपाल युवा उद्यमी मन्च, बिराटनगर तथा तेरापंथमहिला मंडलसँगको सहकार्यमा बिराटनगर स्थित जैन भवनमा निः शल्क मुटु जाँच तथा परामर्श गरेको थियो । त्यसैगरि असोज ९ गते देखि १४ गते सम्म अस्पतालमा मुटु सम्बन्धी निः शुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

२४ घण्टामा कोरोना संक्रमणबाट ४ महिला र २ पुरुषको निधन

काठमाडौं, १८ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ६ व्यक्तिको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । निधन हुनेमा महिला ४ जना छन् भने पुरुष २ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो। पार्टीका जिल्ला सभापति डिकबहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्