एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

 न्यूज विराट
एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि कार्यक्रमहरु गरिएका हुन् । नर्सरी देखि कक्षा १ सम्मका बालबालिकाहरुलाई विभिन्न कृयाकलापमा सहभागि गराउँदै सँस्कृतिका विषयमा जानकारी गराइएको हो । जमरा राख्न दर्शै घर निर्माण गर्नेदेखि लिएर नवरात्रीमा पूजा आरधना गरिने नौं दुर्गा, तिहारमा पुजीने लक्ष्मी, गणेशलगायतका भगवानको रुपमा बालबालिकालाई तयार पारि गरिएको कार्यक्रमले सबैलाई वास्तविक पर्व मनाइरहेको अनुभूति गराएको थियो ।

यी चाडपर्वमा गरिने पूजा विधि देखि बालबालिकालाई मनोरञ्जनमा समेत प्रत्यक्ष सहभागिता गराइएको थियो । बालबालिका आफैले देउसी, भैलो भट्याउने देखि विभिन्न गितमा नृत्य प्रस्तुत गरेर सहभागिहरुलाई मख्ख बनाएका थिए । अझ तिहारमा बालिने झिलिमिलि बत्तिदेखि दाजुबहिनीको सम्बन्ध झल्काउन गरिएको भाईटिकाले सबैलाई प्रफुल्लित बनाएको थियो । विद्यालयका प्राचार्य टिकाराम पुरीले बाल्यअवस्थादेखि नै नेपाली सस्कृतिका बिषयमा सिकाउन आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना गर्ने मात्र नभई सस्कार समेत सिकाउने बताउनुभयो । पछिल्लो समय पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिमाथि अतिक्रमण गर्दै गएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्व केन्द्रीय अध्यक्ष पुरीले अब सबै विद्यालयले सानै कक्षादेखि बालबालिकालाई हाम्रा संस्कृति र संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो । मन्टेश्वरीकि इन्चार्ज रेश्मी क्षेत्रीले स–साना नानीबाबुहरुमा नै सिक्ने उत्सुकता बढी हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको बताउनुभयो ।

एभरेष्ट स्कुलका सह–प्राचार्य टीएन भण्डारीले बालबालिकाको सक्रिय कृयाकलापको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्राचार्य पुरी, विद्यालयकी निर्देशक कमला पुरी, सह –प्राचार्य भण्डारी, विद्यालयका शिक्षक शिक्षिका तथा केहि अभिभावकहरुको सहभागिता थियो । ‘प्लेग्रुप’ देखि कक्षा १ सम्मको अध्यापन हुने एभरेष्ट मन्टश्वरीमा ३ सय बालबालिका अध्ययनरत छन् ।  

सम्बन्धित समाचार

प्रदेश १ का थप ८ जनाले कारोना जिते, भोलि डिस्चार्ज गरिँदै

विराटनगर, बैशाख २५–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि विज्ञापन नगरेको लोक सेवा आयोगले विभिन्न पदमा नयाँ भर्नाका लागि विज्ञापन खुलाएको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो...

आजको मौसम : प्रदश–१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा

काठमाडौं, ११ असार । प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा...

२४ घण्टामा प्रदेश १ मा १६४ संक्रमित थपिए

विराटनगर, १९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको...

केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे:राजनाथ सिंह

काठमाडौं, २९ मंसिर । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् । भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही...

पुलिस बन्यो एमएम कप क्रिकेटको च्याम्पियन

विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। शनिबार विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्