मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

 न्यूज विराट
मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले गरे ।
कार्यक्रममा बोल्दै उनले चाडपर्वलाई लक्षित गरी जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जानकारी गराए । ‘यात्रुहरूलाई सहजता प्रदान गरिन हामीले मोरङको ६ ठाउँमा एक साथ यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘ यात्रु सहता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्याहरू बुझेर समस्याको सावधान गर्नेतिर लाग्नेछन् ।’
ट्राफिक प्रहरीले सडक सुशासनको हिसाबले काम गरेको जानकारी दिदै उनले ट्राफिक व्यवस्थापनमा प्रहरी अग्र भावमा रहेर काम गर्दै आएको बताए । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको लागि एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सबै जिम्मेवार भएर अगाडी बढाइनुपर्नेमा उनले जोड दिए ।

मोरङको बसपार्कसहित, गछिया, बेलबारी, उर्लाबारी, रङ्गेली, केराबारीलगायतको क्षेत्रमा यात्रु साहयता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए ।
‘विजय दशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहायता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुई जना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउँदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका ११ नं. का वडाध्यक्ष तिथेन्द्र न्यौपाने, राष्ट्रिय यातायात महासङ्घका केन्द्रीय सदस्य एवम् सुनौलो पूर्व नेपाल सेवा प्रालिका अध्यक्ष राजन कँडेल, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पंजियारलगायलते बोलेका थिए ।

सम्बन्धित समाचार

२४ घन्टाभित्र देशभर ४६४ जनामा काेराेना पुष्टि, ४२५ जना निकाे भए

काठमाडौं, २३ साउन-२४ घन्टाभित्र देभभर ४ सय ६४ जनामा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे...

सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, ब्याटिङ गर्दै मेयर राजवंशीले गरे उद्घाटन

विराटनगर । मोरङको सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सो वडामा तेस्रो वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले उद्घाटन गरे ।...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको स्वीकार गरेका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोकार्पण तथा समसामयिक...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

विराटनगर, १२ माघ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्