विराटनगरमा बजाजको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

 न्यूज विराट
विराटनगरमा बजाजको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा.लि. को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो ।

आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला सुरु हुने एस एन्ड ब्रोदर्श अटो प्रालिका प्रोप्राइटर मनोज कुमार चौधरीले जानकारी दिए । मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालु भन्दा ७ हजार रुपैयाँ थप दिने बताइएको छ । मेलामा बजाजको कुनै पनि मोटरसाइकल खरिदमा ७ हजार रुपैयाँ नगद छुटको अफर दिएको छ ।

बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रालिका प्रोप्राइटर मनोज कुमार चौधरी

अहिले मेलामा बजाजको नयाँ आएको सवारी साधन बुझन र खरिद गर्न ग्राहकहरूको लागि बजाज एक्स्चेन्ज मेला सुनौलो अवसर रहेको छ । मेलामा जुनसुकै कम्पनीका बाइक साट्न सकिनेछ । जुनसुकै कम्पनीका पुराना बाइक भ्यालु एडिसन ७ हजार थप गरिने प्रोप्राइटर चौधरीले बताए । मोटरसाइकलको खरिदमा फाइनान्स सुविधा पनि रहेको छ । साथै नयाँ बाइकको खरिदमा हेलमेट, ले गार्ड र कम्प्युटर ब्याग फ्रीमा उपलब्ध गराउने चौधरीले बताए । मेलामा बजाजको हालै बजारमा आएको एन एक्स १२५ सिसको मोटरसाइकल पनि बजारमा रहेको छ । यो मोटरसाइकल अहिलेको युवापुस्ताहरूको रोजाइमा परेको मोटरसाइकल हो ।

विराटनगर ३ मुनाल पथमा बजाज एक्स्चेन्ज मेला आइतबारदेखि सुरु हुने स्थान ।

सम्बन्धित समाचार

विराटनगरका राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित

विराटनगर । विराटनगरका समाजसेवी राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको काठमाण्डौमा सम्पन्न १२ औं महाधिवेशनमा श्रेष्ठ उपाध्यक्ष पदमा ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।क्षयरोग निवारणको क्षेत्रमा लामो समयदेखि...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

विवादित दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ अध्यादेश खारेज गरेकी छन् । शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशरप्रसाद घिमिरेले जानकारी दिए । राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद् (काम,...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए थप

चितवन,  २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्