स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

 न्यूज विराट
स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

तीन वटै क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिताको संयोजक किशोर धमाल रहेका छन् । पत्रकार सम्मेलन संयोजक किशोर धमलाले प्रतियोगिता कुनै नाफा वा व्यक्तिगत फाइदाका लागि नभई एक जना फुटबलमा योगदान पु¥याएका व्यक्तिको स्मृतिमा आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलाएमान बनाउनु हो । ‘तीन वटै क्लब मिलेर फुटबल खेलाडी विजय भुजेल (बन्टी)को स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ संयोजक धमलाले भने, ‘नाफा कमाउने उद्देश्यले नभई बन्टीको परिवारलाई केही गर्न सकिन्छ कि भनेर प्रतियोगिता आयोजना गर्न लागिएका हौं । प्रतियोगितामा लागेको खर्चबाट बचेको रुपैयाँ स्वर्गीय बन्टीको परिवारलाई आर्थिक सहयोग गर्ने छौं ।’

एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताएका थिए । उनले खेल सुरु गरेसँगै जागिरे जीवन पनि सुरुआत गर्न थालेपछि खेललाई स्थगति गरेका थिए । बन्टीलेपछि भेट्रान फुटबल खेल्न थालेको र राम्रो खेलकै कारण धेरै वटा क्लबले खेल्न बनाउने गरेका थिए । यसरी भेट्रान प्रतियोगिता भइरहँदा पुराना खेलाडीलाई एक ठाउँमा ल्याउनुका साथै स्थास्थ्य रहन ठूलो मद्दत पुग्ने भएकोले पनि यस्तो प्रतियोगिता भइरहनु पर्ने बानियाले बताए ।

असोज ९ देखि १५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुन लागेको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ । टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत आइतबारको उद्घाटन खेल दमकको दमक–लखनपुर भेट्रान क्बल र मोरङको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २५ असोज । निरन्तर विभिन्न सामाजिक कार्यमा सकृय रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ । आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि क्लबले चामल, दाल, घ्यू, चिउरा, भुजा र...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण गरिने

विराटनगर, ३१ असार-प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो । प्रदेश सरकारले नमुनाका...

सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

नेकपा सचिवालयको बैठक सोमबार बस्दै

काठमाडौं,  ३२ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बैंक ब्याजदर, लघुवित्त र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्