मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, दमक भेट्रान्स क्लब फाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, दमक भेट्रान्स क्लब फाइनलमा

विराटनगर । दमक–लखनपुर भेट्रान्स क्लब झापा विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भरौल भेट्रान्स क्लब सुनसरीलाई २–० गोलले हराउँदै दमक फाइनलमा पुगेको हो ।

जितसँगै दमकलले शनिबार हुने मर्निङ्ग भेट्रान्स क्लब हाटखोला र आयोजक मिल्स भेट्रान्स क्लब ‘क’ विराटनगरको बिजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोल रहित खेल बराबारी भएको थियो । दोस्रो हाफदेखि दबावमा राखेको दमकले ३७ औं मिनेटमा सुवास आङथुपोले गोली गरी सुरूवाती अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा देउमान लिम्बुले डिबक्स भित्रबाट गोली गरी २–० गोलले दमकलाई जित दिलाउन सफल भए ।
प्रतियोगिताको म्यान अफ द म्याच दमकका रमेश बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार विराट गोल्डकपको संयोजक तथा विराटनगरका युवा व्यवसायी मनोज बिक्रम शाहले बितरण गरेका थिए ।

म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार बितरण गर्दै गोल्डकपको संयोजक तथा विराटनगरका युवा व्यवसायी मनोज बिक्रम शाह

कार्यक्रमको प्रमुख अतिथि विराट गोल्डकपको संयोजक तथा विराटनगरका युवा व्यवसायी मनोज बिक्रम शाहलाई मायाको चिनो बितरण गर्दै मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्का ।

सम्बन्धित समाचार

ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले...

महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक...

उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाडौं २४ वैशाख-जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु,...

नेकपा सचिवालय बैठक भोलि बस्दै

काठमाडौं, १६ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा शनिबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको  बताइएको छ । उनीहरूबीच सरकारले...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...

युरोपका राजदूतहरूलाई नेपालीको सहयोगका लागि तयार रहन निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले युरोपमा रहेका नेपालीबारे चासो राखेका छन् । कोरोना भाइरस संक्रमणको भयाभह स्थिति रहेको युरोपमा रहेका नेपालीका बारेमा चासो राख्दै त्यहाँस्थित नेपाली राजदूतहरूसँग कुराकानी गरेका हुन् । मन्त्री ज्ञावलीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्