टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको आकर्षण

 न्यूज विराट
टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको आकर्षण

विराटनगर । विराटनगरको मुनालपथ अगाडी सुरू भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले बिजय दशमी र शुभ दिपावलीलाई लक्षित गरी सुरू गरेको मेलामा सवारी साधन पारखीहरूको आकर्षण बढेको हो ।

असोज ४ गतेबाट सुरु हुने मेला असोज १० गतेसम्म संचालन हुने छ । मेला मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी संलागनमा रहेको छ । अहिले मेलामा टिभिएसको नयाँ आएको सवारी साधन बुझन र खरिद गर्न आउने बढेका छन् । मेलामा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको ग्राण्ड एक्सेन्ज गर्न सकिने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए । मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने शाहले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने शाहको भनाइ छ ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने उनले जानकारी दिए । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने शाहले बताए । ‘मेलामा अहिले सर्वसाधरणको आकर्षण देखिएको छ,’ उनले भने, ‘मेला सुरु भएपछि बुधबारसम्म आधा दर्जन सवारी साधन बिक्री भएको छ ।’

सम्बन्धित समाचार

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द...

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल...

अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

एजेन्सी, जेठ ११-अमेरिका कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १ हजार १२७ जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९८ हजार ६८३ पुगेको छ । सेन्टर फर...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्