मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

 न्यूज विराट
मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।
‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भने, ‘त्यसैले अबको मुलुकको नेतृत्व प्रचण्ड बाहेकका नेताबाट सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो ।’

माओवादीमा प्रवेश गर्नेहरुमा एमाले कार्यकर्ताहरु लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता चौधरी लगायत छन् । यस्तै नेपाली काँग्रेसबाट विनय राय, जयप्रकाश चौधरी, विनयकुमार रायलगायत छन् भने बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध माझीलगायतका स्वतन्त्र समाजसेवी पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र बुढीगंगाका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिए । यसअघि प्रवेश गरेका बलभद्र सरदार थारु एमालेका मोरङका जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनीसहित त्यसबेला वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमालेका वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत माओवादीमा प्रवेश गरेका थिए ।
बलभद्र सरदार तत्कालिन टंकीसिनवरी गाविसको अध्यक्ष हुन् । उनी गत स्थानीय तहको निर्बाचनमा झिनो मतले गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितु थापासँग पराजित भएका थिए । सरदार एमाले ६ नम्बर क्षेत्रीय कमिटीको पनि इन्चार्ज थिए ।

सम्बन्धित समाचार

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला

काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो...

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...

विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्