विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ।
राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए । जसपाले विराटनगरको हनुमान मन्दिर अगाडी विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले ुअरू केही जान्दैनौ, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौ, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कू’ को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौं, शितल निवास राख्दैनौु जस्ता नारासहित प्रदर्शन पनि गरेका थिए।
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...
विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...
काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...
काठमाडौं, असार ३१ । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने...
विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।...
जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...
राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...