मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मर्निङ्ग भेट्रान्स क्लब हाटखोला क्वाटरफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले राजघाट भेट्रान्स क्लब उर्लाबारीलाई सडेनडेथमा ५–४ गोलले पराजित गरी क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म १÷१ गोलको खेल बराबारी भएपछि खेल ट्राइब्रेकर भएको थियो ।
सडनडेथमा हाटखोलाका सुर्लव जंग राना, राजु थापा मगर, एम कुमार मगर, सुमन श्रेष्ठ र सुनिल राउतले गोल गरेका थिए ।
राजघाटको तर्फबाट राजु खड्का, दिपक लिम्बु, लिला जोशी र उत्तम लिम्बुले मात्र गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच हाटखोलका गोल किपर सुरेन्द्र श्रेष्ठ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले बितरण गरेका थिए ।

बुधबारको खेल आयोजक मिल्स भेट्रान्स क्लब रानी विराटनगर र भरौल भेट्रान्स क्लब सुनसरीबिच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार

छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, ५ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

जाडोमा यसरी दाँतको ख्याल गर्ने

डा. सुधीर श्रेष्ठ चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत...

सकियो ‘एभरेष्ट कार्निभल’, पाँच हजार बढीले गरे अवलोकन

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले आयोजना गरेको एभरेष्ट कार्निभल २.० सम्पन्न भएको छ ।५ फागुनदेखि सुरु भएको कार्निभल सोमबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो ।एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा...

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान...

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्