संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

 न्यूज विराट
संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान सुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।

लम्कीचुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो संख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्‍यापिड डायग्नोष्टिक टेष्ट सुरु गरिएको लम्कीचुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दियन् ।

‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ’ बिसीले भनिन्, ‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’

धनगढी उपमहानगरपछि ठूलो जनसंख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान सुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार १ सय २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ ।

परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ ।

तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम सुरु गरिएको संयोजक रावलले बताए । टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्यांक संकलनपछि आरडीटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्‍यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

संक्रमित भेटिएपछि त्रास

सोमबार कैलालीको लम्कीमा थप १ जनामा कोरोनाको संक्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेकी थिइन् ।

लम्कीचुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बुझिएको छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्‍यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमुना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा. जगदीश जोशीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाको र्‍यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पीसीआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं. १ का अध्यक्ष जनक बमले जानकारी दिए । रासस

सम्बन्धित समाचार

चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...

विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो...

कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

नेकपालाई प्रतिपक्षको सुझाव : कोरोना महामारीमा बेमौसमी बाजा नबजाऊँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश पारित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो...

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्