ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भैरब ढकाल चयन

 न्यूज विराट
ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा  भैरब ढकाल चयन

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाचौ अधिवेशनबाट पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन भएका छन् । अधिवेशनले राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु तोकिएको छ ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठको बिषेश आतिथ्य, ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेलको आतिथ्यमा भएको बैठकले सल्लाहकार समितिको प्रमुखमा डा. जगदिश तिमिल्सिना रहेका छन् । यसैगरि सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, चन्द्र योन्जन, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा।हेमाङ्ग शर्मा, डा. राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भर्चुअल माध्यमबाट भएको बैठकले पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थीलाई नियुक्त गरेको छ । ११ बटा विभिन्न विभागहरु गठन समेत गरेको छ । जसमा प्रचार विभाग अशिम कोइराला, ,प्रेम प्रकाश शाही, उप प्रमुख, संगठन विभाग, बालगोपाल उपाध्याय प्रमुख, कृष्ण सापकोटा उप प्रमुख, महिला विभाग (सिता थापा प्रमुख,युवा विभागमा भुवन पाण्डे,विशाल राना मगर लगायत रहेका छन् ।

गत अगष्ट २७ र २८ सिड्नीमा सम्पन्न पाचौ अधिवेशनको समिक्षा गर्दै उक्त बैठकले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको त्यसलाइ सफल बनाउन भुमिका खेल्नु हुने आयोजक तथा स्वयंसेवकहरुमा विशेष धन्यवाद तथा नेपालबाट आउनु भएका नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सहित सम्पुर्ण अतिथिहरुमा आभार व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

संघीय संसदका ४४१ जनाको थ्रोट स्वाब संकलन

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो...

अत्याधिक भीड लागेपछि इटहरीको तरकारी बजार उठाइयो

विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्