५८० वर्षपछि भोलि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण
काठमाडौँ, २ मंसिर । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ ।...
विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ ।
कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर पारेर राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याउने अग्रवाललाई मेरील्याण्डले विशेष सम्मान गरेको हो ।
अग्रवालसहित कक्षा – १२ को बोर्ड परीक्षामा ए प्लस ल्याउने विद्यार्थी र अभिभावकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूलाई प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल प्रथम हुने दिया अग्रवालले कलेजको राम्रो शैक्षिक वातावरण र कडा मेहनतले गर्दा आफू सफल हुन सकेको बताइन् । ‘विद्यार्थीहरूलाई परीक्षाको वेलामा मात्रै होइन । सधैँ रुटिन बनाएर दैनिक ३–४ घण्टा पढेमा सफलता सजिलै प्राप्त गर्न सकिनेछ,’ उनले भनिन्, ‘कडा मेहनतको साथ यो सफलता हाता परेको हो ।’ दियाका बाबु सूचित कुमार अग्रवालले मेरिल्याण्ड कलेजको गुणस्तरीय शिक्षाको कारणले छोरीले सफलता हात पारेकी बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेरिल्याण्डकी छात्रा दियाले प्रदेश १ कै गहना भएकोले व्यवस्थापन शिक्षामा अग्रणी भूमिका खेलेको बताए । मेरिल्याण्डको २० वर्षको सफलता सुनेर धेरै खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षामा जोड दिए ।
कार्यक्रममा बिबिएस् तेस्रो वर्षमा नेपाल प्रथम सिम्रन अग्रवाल र बिबिएस् दोस्रो वर्षमा प्रदेश प्रथम राजलक्ष्मी अग्रवाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पुनम गुप्ता, देव किशोर मुन्डडा, भिखम चन्द सरल, समाजसेवी सुरेश राज शर्मा, हिसानका केन्द्रीय सदस्य राजेश कार्की लगायतले मेरिल्याण्ड विराटनगरको मात्र नभई देशकै शान भएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्वकै तथा देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ ।
काठमाडौँ, २ मंसिर । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ ।...
काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...
संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...
काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका...
एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...
रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे...
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन्...
काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.