धम्की दिदै चन्दा असुली गर्ने गिरोह विराटनगरमा सक्रिय
बुधबार, २९ भदौ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली गर्ने गरेको पाइएको हो ।
विराटनगरमा चन्दा असुली गर्ने समूहको सञ्जाल ठुलो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी विभिन्न नम्बरबाट धाक धम्की दिदै चन्दा असुली गर्ने समूहका एक जना सदस्यीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । विराटनगरका चिकित्सक र औषधी व्यवसायीहरूलाई डर त्रास देखाएर चन्दा असुुली गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरदेखि ३२ वर्षीय बिजय दाहाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दाहालले ९८११०४०४८९ नम्बरको एनसेलबाट चिकित्सक र व्यवसायीहरूलाई चन्दा मागेको आरोप छ । चन्दा नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेका उनीहरूको भनाई छ । पक्राउ परेका दाहाल कर्तब्य ज्यान मुद्दामा दश वर्ष कैद भुक्तान गरी निस्किएका प्रतिवादी हुन् । प्रहरीले यसअघि पनि दाहललाई पटक–पटक पक्राउ गरी अभद्र्र व्यवहारको मुद्दामा कारवाही परेको प्रहरीको अभिलेखमा देखिन्छ ।
चिकित्सक र व्यवसायीलाई दाहालसहितको समूहले फोन गरेर चन्दा दिनुप¥यो भन्दै हैरानी बनाएपछि प्रहरीमा उजुरी दिएका थिए । नेपाल चिकित्सक संघ कोशी विराटनगर र औषधी व्यवसायी संघ मोरङले दिएको जाहेरीको आधरमा दाहल पक्राउ परेका हुन् । पक्राउ परेका दाहलसहितका समूहले ५ हजारदेखि २५ हजार रूपैयाँसम्म चिकित्सक र व्यवसायीसँग चन्दा माग्ने गरेका थिए । यहाँका कतिपय औषधी व्यवसायी र चिकित्सकहरूले चन्दा पनि दिएको खुलेको छ । यो समूहबाट दुई दर्जन व्यवसायीहरूले डर त्रासको कारणले चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ । ५ हजारदेखि २५ हजारसम्म दिएको भन्दै अहिले व्यवसायीहरू प्रहरीमा पुग्ने गरेका छन् । पक्राउ परेका दाहालले विराटनगरका एक जना चिकित्सकबाट ८ हजार रुपैयाँ असुली पनि गरेको खुलेको छ ।
चिकित्सक संघ र नेपाल औषधी व्यवसायी संघ मोरङले डर त्रास धम्की दिएर चन्दा असुली गर्ने समूहको खोजी कार्य गरी कारवाही गर्न माग समेत गरेको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले विराटनगर क्षेत्रमा औषधी व्यवसायीहरूलाई त्रास देखाउँदै चन्दा असुली गर्ने समूहबाट फोन आएपछि कारवाहीको लागि प्रहरीमा उजुरी दिएको बताए । ‘केही दिनयतादेखि अपरिचत व्यक्तिहरूबाट फोन गर्दै व्यवसायीहरूलाई चन्दा माग्ने र असुली गर्ने कार्य तिब्र भएको थियो । यस्तै गैरकानुनी कार्यबाट व्यवयासीहरू आतंकित भएको कारणले कारवाहीको माग राख्दै हामीले प्रहरीमा उजुरी दिएका हौं,’ उनले भने, ‘प्रहरी प्रशासनले चन्दा असुली गर्ने समूहलाई पक्राउ गरी कारवाहीको दायारमा ल्याउनुपर्दछ ।’
चन्दा आतंक रोक्ने खरो रुपमा उत्रिन्छु : एसपी कोइरला विराटटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरसहित जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरितका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रुपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा विराटनगरमा चन्दा आतंक बढेको गुनासो छ’, एसपी कोइरालाले भने, ‘डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरित गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छौ ।’ विराटनगर क्षेत्रमा चन्दा असुली गर्नेलाई अहिले प्रहरीले पक्राउ गरी अनुस्न्धान पनि भइरहेको उनले बताए । ‘अहिले हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘यो समूहमा को को छन् । त्यसको खोजी कार्य गरी कारवाहीको दायारमा ल्याउनेछौं ।’ नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै एसपी कोइरालाले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे । ‘कसैबाट धाक धम्की दिएर चन्दा असुली गरे प्रहरीलाई तत्काल जानकारी गराए कानुनी कारवाहीको लागि सहयोग गरिपर्दछ,’ उनले भने, ‘नागरिकको सहयोगले अपराध रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेछ ।’
विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको...
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...
विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...
नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात नेतालाई निलम्बन गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित नेकपा ओली समूहले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल...
देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...
[caption id="attachment_47291" align="alignnone" width="960"] कानेपोखरी गाउंपालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउंदै निजी विद्यालय सञ्चालकहरु ।[/caption] पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संगठित नीजि विद्यालयहरुको संगठन प्याप्सोकले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नीजि तथा...
जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...
विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...