शैक्षिक गतिविधिमा नीजि विद्यालयबाट पनि सहभागीता हुनु पर्ने माग

 न्यूज विराट
शैक्षिक गतिविधिमा नीजि विद्यालयबाट पनि सहभागीता हुनु पर्ने माग

 

कानेपोखरी गाउंपालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउंदै निजी विद्यालय सञ्चालकहरु ।

 

पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संगठित नीजि विद्यालयहरुको संगठन प्याप्सोकले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजसन कानेपोखरी(एबदकयप)ले गाउँपालिकाले गरेको शैक्षिक गतिविधिमा नीजि विद्यालयबाट पनि सहभागीता हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । संगठनको उपाध्यक्ष विजय किस्कु र सचिव विद्यानान्द चौधरीको हस्ताक्षरी ज्ञापन पत्र गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङ्नामलाई बुझाएका थिए ।

हस्तान्तरण कार्यक्रममा संगठनका सहसचिव टेकेन्द्र बास्तोला, कोषाध्यक्ष नन्दुकुमार राजवंशी र सदस्य महेन्द्र बोहोरा,गणेश पोख्रेल,श्रीप्रसाद मिश्र र निर्मल फुयल सहभागी रहेको थियो ।

संगठनको शनिबार दलेलीमा बसेको बैंठकले गाउँपालिकामा पत्र बुझाउने, संगठन दर्ता लगाएतको निर्णय गरेको उपाध्यक्ष बिजय किस्कु बताउँछन् । उनिहरुले सरकारीको मात्र नभएर नीजि विद्यालयहरु प्र.अ.हरुको बैठक मासिकरुपमा नियमित गाउँपालिकाले राख्नुुपर्ने जोडदिएका छन् । शैक्षिक सत्र सुरुहुनु भन्दा अघि देखिनै विद्यालयहरुले विभिन्न लोभलाच्चा देखाउँर्दै विद्यार्थी तानातान गर्ने प्रविती रहेकोले यसको समस्याको हल गाउँपालिकाले गर्नुपर्ने माग गरेका छन् । एक बर्ष अघि गठन भएको संगठनले बार्षिक विविध कार्यक्रम गर्दै आएको छ । गाउँपालिकामा १९ वटा विद्यालय मध्ये १५ वटा विद्यालय यो संगठनमा आवद्ध रहेको छ ।

सम्बन्धित समाचार

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...

रुसी राष्ट्रपति पुटिन २०३६ सम्म शक्तिमा रहने

एजेन्सी, असार १२-रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्बिनेगरी जनमत आएको छ । एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । पुटिनलाई लामो समयसम्म...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोना

बाँके, ९ जेठ-नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० सहित २१ जनाले एकैपटक कोरोना जितेका हुन् । खजुरास्थित सुशील कोइराला...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्