विराटनगर, २७ भदौ । मस्तिष्क पक्षाघात भएका बालबालिकाहरुका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर आदर्श स्कुलस्थित सिपि डे सेन्टरमा क्लबले शिविर आयोजना गरेको हो । “सेलेब्रल पाल्सी बेबी प्रोजेक्ट“ क्लबको हस्ताक्षर परियोजना हो ।
सेल्फ हेल्प ग्रुप सेलिब्रल पाल्सीको मेडिकल टोलीले सिपि केन्द्रका १५ र बाहिरबाट आएका ९ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको क्लबकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
शिविरका लागि बालरोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्य, स्पीच थेरापिस्ट मेधा कोइराला, मनोजकुमार शाह, फिजियोथेरापिस्ट र रेणु वैद्यको टोली काठमाडौंबाट आएको थियो ।
टोलीले बालकालिकालाई औषधि र आवश्यक सल्लाहहरु दिएको थियो । उक्त कार्यक्रमको संयोजक क्लबका चार्टर अध्यक्ष तथा सीपी कमिटीका अध्यक्ष डा. ममता वर्मा रहेकी थिइन् ।