मिस कोशिका प्रतियोगीले देखाए प्रतिभा

 न्यूज विराट
मिस कोशिका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका  २६ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

उनीहरूले गीत, नृत्य, कविता, कथा, कुकिङ्ग, खेललगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा उत्कृष्ट हुने एक जना प्रतियोगीले मिस कोशीको फाइनलमा ‘मिस ट्यालेन्ट’ एवार्ड प्राप्त गर्नेछन् ।
असोजको दोस्रो साता हुने मिस कोशीको फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन (नेहा), विराटनगरकी बबिता राय, निरिछा मण्डल, इनरुवाकी श्रुति कुमारी उराव रहेकी छिन् । यस्तै  खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, इसु मगर,  तेह्रथुमकी विनीता लिम्बु (हाङमा),  सुनसरी राम धुनीकी भावना राई, सुन्दरहरैचाकी सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा (एलिना), दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल,  र सप्तरीकी  दिब्यानी चौधरी प्रतिस्पर्धी रहेकी छिन् ।

फाइनलमा छनौट भएका किशोरीहरू बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

 

सम्बन्धित समाचार

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

विराटनगर गुद्रीमा एक युवक मृत अवस्थामा फेला परे

विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् । उनको...

रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा...

नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने

काठमाडौं, ९ जेठ । विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्