आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

 न्यूज विराट
आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

विराटनग । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि विशेष अभियान सुरू गरेको प्रदेश प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदीप गिरीले आत्महत्या रोक्नका लागि प्रहरीले प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्रालय सँगको समन्वयमा विशेष अभियान संचालन गरिएको जानकारी गराए । ‘औपचारिक रूपमा आत्महत्या रोकथाम र नियन्त्रणको लागि अभियान सुरू भएपछि जिल्ला प्रहरी मार्फत प्रदेश १ का प्रत्येक स्थानिय तहरूमा यो अभियान पुग्नेछ,’ डिआइजी गिरीले भने, ‘अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिनेछ ।’ सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उनले बताए ।
‘आत्महत्या पनि रोग हो, लागू औषध पनि रोग हो, त्यो कुरा नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ,’ गिरी भन्छन्, ‘त्यसका लागि हामी प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम सुरू गरेका छौं ।’
आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७८÷०७९ सम्ममा ३ हजार ८ सय ९७ जना पुरुष, २ हजार १ सय ५९ जना महिला, ३ सय जना बालक र ३ सय ४७ जना बालिका गरी पाँच वर्षमा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेको १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । यो तथ्यांकलाई केलाउने हो भने पाँच वर्षमा दैनिक आत्महत्या गर्नेको संख्या प्रदेश १ मा ४ जना आउने गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०७४÷०७५ मा १ हजार १ सय २० जना, २०७५÷०७६ मा १ हजार २ सय ३४, ०७६÷०७७ मा १ हजार ३ सय ४४, ०७७÷०७८ मा १ हजार ५ सय १६ जना, ०७८÷०७९ मा १ हजार ४ सय ८९ जनाले आत्महत्या गरेका गरेका छन् ।

सम्बन्धित समाचार

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने...

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् । बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार विहीबार कन्यादान गरी विवाह भएको हो...

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

काठमाडौं, २८ साउन-ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति सवा १ बजे मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो...

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म...

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी...

९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

काठमाडौं, माघ २३–बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारले आफूविरुद्धको अभियोगलाई राजनीतिक रङ दिने प्रयास थालेका छन् । १३ पटकसम्म मन्त्री भइसकेका गच्छदारविरुद्ध हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्