सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

 न्यूज विराट
सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

बिहीबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको भन्दै क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतले नाबालिका बलात्कारको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

गत भदौ ५ गते सन्दीपले नाबालिकालाई पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको उजुरी छ । ५ गते दिउँसो सन्दीपले ती नाबालिकालाई घुम्नका लागि नगरकोट लगेका थिए । साँझ काठमाडौं फर्केर उनीहरू होटल इनमा बास बसेको र राति बलत्कार गरेको नाबालिकाले प्रहरीसामु बयान दिएकी थिइन् ।

यता, प्रहरीले अनुसन्धान बुधबार बाटै थालिसकेको छ । पुलिसले सन्दीपविरुद्ध महत्त्वपूर्ण प्रमाण भेटेको पनि बताइसकेको छ । भदौ ६ गते केन्या गएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजपछि वेस्ट इन्डिज गएका थिए । अहिले उनी क्यारेवियन प्रिमियर लिग खेल्न जमैका तालावाजमा आबद्ध छन् ।

 

सम्बन्धित समाचार

थप २ सय १३ जनामा काेराेना, संक्रमितकाे संख्या ३ हजार ४ सय ४८

काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन्...

विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले...

मकै बारीमा शव फेला, हत्याको आशंका

महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

छुटे महरा, कारागार बाहिर भव्य स्वागत

काठमाडौं, फागुन ५–पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि महरा केहीबेर अघि छुटेका हुन् । डिल्लीबजार कारागार बाहिर उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता एवं उनका शुभचिन्तकले माला,...

मोरङमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्