मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

 न्यूज विराट
मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेको तर समयमै प्रहरी पुगेर रोक्न सफल भएको उहाँले बताउनु भयो । घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो ।

लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो । घाइते शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...

रमपम विराट गोल्डकप : फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख जना नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु...

९ विमानस्थलमा सुरु गर्‍यो नेपाल एयरलाइन्सले उडान

काठमाडौं, ७ असोज-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नौवटा आन्तरिक उडानमा उडान सेवा सुरु गरेको छ । निगमले सार्वजनिक गरेको तालिकाअनुसार भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रूकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्ममा उडान सुरु गरेको...

प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्