चोरीको एक गाडी तार विराटनगरबाट बरामद

 न्यूज विराट
चोरीको एक गाडी तार विराटनगरबाट बरामद

विराटनगर । विराटनगरको एउटा कवाडी पसलबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो ।

विद्युतमा प्रयोग हुने तार चोरी गरी शर्माको कवाडी पसलमा बिक्री वितरण गरेको पाइएपछि वडा प्रहरी कार्यालयको प्रहरी टोली पुगेर तार बरामद गरी विद्युत प्राधिकरण विराटनगर वितरण शाखामा राखेको छ । कवाडी पसलबाट बरामद गरेको तीन बन्डेल तार रहेको छ । बरामद गरेको तार शर्माले ४५ हजारमा खरिद गरेको बुझिएको छ ।
विद्युत प्राधिकरणसँग ठेक्का लिने ठेकेदारले उक्त तार बिक्री गरेको हुनसक्ने आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ठेकेदारले उब्रिएको तार बिक्री गरेको आशंका गरिएको छ । प्राधिकरणले भनेको ठाउसम्म जडान गरिसकेपछि उब्रिएको तार बिक्री बितरण गर्न पाइदैन । काम गर्ने क्रममा तार उब्रिए विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ । तर, यहाँ मिलेमतोमा साइटबाट उब्रिएको तार कवाडी पसलमा बिक्री गर्ने गरेका छन् ।
शर्माको कवाडी पसलमा दुहबीका नसिफ मियाँ भन्ने व्यक्तिले बिक्री गरेका हुन् । प्रहरीले बिक्री गर्ने व्यक्ति र चोरीमा तार खरिद गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायारमा अहिलेसम्म ल्याएको छैन । जसले गर्दा बिक्री गर्ने र खरिद गर्ने व्यापारीलाई उन्मुक्ती दिने तयारी गरिएको बुझिएको छ ।
यता कवाडी पसल संचालन गर्ने शर्माले आफुल तार खरिद नगरेर पसलमा काम गर्ने कर्मचारीले खरिद गरेको बताएका छन् । ‘पसमा म थिइन् । कर्मचारीले खरिद गरेको रहेछ । पछि प्रहरी आएर तार गलेपछिमात्र आफुले जानकारी पाएको हो,’ उनले भने ।
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार

तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...

आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज

नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत्...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्