विराटनगर, १६ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध जिल्ला अदालत मोरङले अनुसन्धानका लागि म्याद दिन म्याद थप गरेको छ ।
बुधबार पक्राउ परेका विराटनगर–१२ का ५५ वर्षीय ढकालविरुद्ध अनुसन्धानका लागि बिहिबार मोरङ अदालतले पाँच दिन म्याद थप गरेको हो ।
ढकालले १३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध अप्राकृतिक मैथुन र बाल यौन दुर्व्यवहार मुद्धामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
ढकालले बारम्बार ति बालकलाई घरमा बोलाएर अप्राकृतिक यौन दुरव्र्यबहार गर्ने गरेको पिडित बालकका परिवारको ओरोप छ । ढकालले बालकलाई पछिल्लो पटक गत १३ भदौमा दुव्र्यबहार गरेको बताइएको छ । ढकाल एजुकेसन हेल्पलाईन विराटनगरका अध्यक्ष समेत हुन् । उनी नेपाली कांग्रेसको स्थानीय नेतासमेत रहेको बताइएको छ ।