विराटनगर महानगरद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान

 न्यूज विराट
विराटनगर महानगरद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, १२ भदौ । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।

महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे ।

मेयर कोइरालाले सामूहिक रुपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तीजलाई मर्यादित र अनुशासित रुपमा मनाउनुपर्नेमा जोड दिए । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ,” उनले भने, “तीज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।

उपमेयर कार्कीले साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रुपमा रमाइलो गर्ने पर्व तीजको छुट्टै विशेषता र महत्व रहेको बताइन् । तीजले महिला दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने उपमेयर कार्कीको भनाइ थियो ।

“तीजले दिदीबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउँछ,” उपमेयर कार्कीले भनिन्, “पछिल्लो समय तीज खर्चिलो र भड्किलो हुँदै गएकोमा यसलाई चाहिं रोक्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तीजले समाजलाई जोड्ने बताए ।

महानगरका सबै महिला कर्मचारीहरुले सामूहिक रुपमा तीज मनाउँदा आपसी चिनजानसँगै संस्थागत एकतामा बल पुगेको विचार व्यक्त गरे ।
समारोहमा महिला कर्मचारीहरुसँगै मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृतसमेत तीजका गीतमा नाचेका थिए । महानगरले शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रमसमेत राखेको थियो ।

 

सम्बन्धित समाचार

मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा

विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज...

वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको...

सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्