विराटनगरका सौन्दर्यकर्मी मनाए तीज

 न्यूज विराट
विराटनगरका सौन्दर्यकर्मी मनाए तीज

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् ।

उनीहरूले तीजको अवसर पारेर नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रतियोगिता आयोजना गरेका थिए । १६ श्रृंगारको प्रथम रश्मि कामत भइन् । उक्त प्रतियोगितामा १२ जना सौन्दर्यकर्मीहरूले भाग लिएका थिए ।

म्युजिकल चियर प्रतियोगिताको प्रथम आरती कामत घोषित भइन् । नृत्यमा रन्जु श्रेष्ठ प्रथम र देवीका प्रधान द्वितीय भइन् । प्रतियोगितामा सौन्दर्यकर्मी महिलाहरूले भाग लिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीको महासचिव भली सुब्बाले बताइन् । वर्ष दिनमा आउने महिलाहरूको महान् पर्व तीजमा सौन्दर्यकर्मीको प्रतिभा उजार गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीकी अध्यक्ष अमिता पोखरेलले बताइन् ।

कार्यक्रममा प्रदेश सांसद यशोदा अधिकारी, एमाले मोरङको जिल्ला सदस्यीय तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठ, नाबुनकी केन्द्रीय सदस्यीय गंगा तामाङ, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल, सचिव कला डाँगीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

तेस्रो प्याब्सन कपको फाइनलमा ग्यालेक्सी

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको...

मन्त्री छनोटप्रति माओवादीमा विवाद, बुर्जामगरले राजिनामा दिने चेतवनी

विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित गराएर कुनै हालतमा प्रदेश सरकार ढाल्छौँः आचार्य

विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार...

प्याब्सन स्पोर्टस मिट, रोड रेसमा मिनील्याण्ड, पब्लिक सेन्ट्रल र ग्रिनभ्याली बिजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्