विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

 न्यूज विराट
विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।

सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध गराउने स्किम चलाएको रूबीले गरिरहेको कारोबार शंकाको घेरामा तानिएको हो ।

समान अर्डर गरेको १८ दिनमा सामानको परल मूल्यमा ५० प्रतिशत छुटमा समान दिने स्किम ल्याएको रूबी सो स्किम सँगै ग्राहकलाई दुई वटा विकल्प दिने गरेको छ ।

पहिलो विकल्पमा आफूले लिएकै सामानको कुपन अझ दुई जना ग्राहकलाई बिक्री गरेमा परल मूल्यको ५० प्रतिशतमा समान दिने दावी गरेको रूबी दोस्रो विकल्प अनुसार ५० प्रतिशतमा ५ प्रतिशत थप सेवा शुल्क लिएर सामान ग्राहक लाई दिने रूबीको स्किम रहेको छ ।

विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले रुबी इन्टरप्राइजेज विदेशीको नाममा दर्ता भएको व्यपारिक संस्था भएको र रूबिजले दिने गरेको स्किमले शंका उब्जाएको भन्दै सामान्य सोधपुछको लागि सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

रूबिजले स्थानिय प्रशासन तथा जनताले गरेको शंकाको उचित जबाब दिए निर्बाध रूपमा कानुनले दिएको दायरामा व्यवसाय सञ्चालन गर्न पाउने बताएका छन् ।

यसैबिच सो पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्त दिपक श्रेष्ठले अहिले सञ्चालक प्रहरी नियन्त्रणमा रहेको र सो विषयमा अनुसन्धान भइरहेको हाम्रो विराटनगरलाई जानकारी दिए ।

सम्बन्धित समाचार

प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...

२ सय शीत भण्डार निर्माण गरिने

काठमाडौं, १५ जेठ-सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । सामूहिक खेती नगर्नेलाई...

मोरङको कानेपोखरीमा–७ एमालेको प्यानलै विजयी

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

बीमा रकम हिनामिना : नेपाल लाइफ इन्सुरेन्सका शाखा प्रमुख पक्राउ

विराटनगर । बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई पक्राउ गरेको छ।मोरङको केरावारी गाउँपालिका(९ निवासी ३७ वर्षीय नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि सन् २०८० मा...

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...

नेपाली भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं,   ७ असोज-चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली यवाहरूले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका हुन् । युवाले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धिसम्झौता लागू हुनपर्ने...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्