५ वर्ष कैद र साढे ९ लाख जरिवाना तोकिएको अभियुक्त पक्राउ

 न्यूज विराट
५ वर्ष कैद र साढे ९ लाख जरिवाना तोकिएको अभियुक्त पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक जना फरार अभियुक्त पक्राउ गरेको छ । पाँच वर्ष ११ महिना २८ दिन कैद र ९ लाख ४० हजार ५ सय जरिवाना तोकेको फरार अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले फरार अभियुक्त विराटनगर महानगरपालिका १७ बस्ने ५० वर्षीय महमदजुवेर मियालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

डाका मुद्दाका अभियुक्त मियालाई मोरङ जिल्ला अदालतले २०७५ असोज १ गते ५ वर्ष ११ महिना २८ दिन कैद र ९ लाख ४० हजार ५ सय जरिवाना सजाय हुने फैसला गरेको थियो । फरार रहेका अभियुक्त मियालाई पक्राउ गरी मोरङ अदालतमा उपस्थित गराएपछि कैद सजाय भुक्तानको लागि मोरङ कारागार पढाएको छ ।

सम्बन्धित समाचार

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...

ठगी मुद्दामा एक वर्ष तीन महिना कैद र ४० हजार जरिवना गरेको फरार अभियुक्त पक्राउ

विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नपा ६ वस्ने वर्ष ३९ का रंजित कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले एक वर्ष तीन महिना कैद सजाय र ४० हजार रुपैयाँ...

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १४ असार -आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । उनका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्