मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

 न्यूज विराट
मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् ।

उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन ।’  आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन’, अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।’

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन् । उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।

सम्बन्धित समाचार

एसइइ रनिङ्ग शिल्ड प्रतियोगितामा पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण...

प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको  संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्