मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

 न्यूज विराट
मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएपछि आफन्तहरू सम्पर्क विहीन भएका हुन् ।

नवजात शिशु बिरामी भएपछि साउन ३१ गते गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएको नवजात शिशुको उपचारको क्रममा भदौ २ गते मृत्यु भएको थियो । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरू सम्पर्क विहीन भएको अस्पतालका प्रबन्धक सन्तोष मेहताले बताए । ‘मृतकका बाबु र आमाहरू पटक–पटक फोन सम्पर्क गरिम । उनीहरूसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘यसरी मृतक शिशुलाई छोडेर आफन्त बेपत्ता हुँदा शव व्यवस्थापनमा समस्या भएको छ ।’

आफन्त सम्पर्कमा नआएपछि प्रहरीको उपस्थितिमा विराटनगर महानगरपालिकालाई शव व्यवस्थापनको लागि जिम्मा दिने तयारी गरेको उनले बताए ।

सम्बन्धित समाचार

विराट गोल्डकप, आज आर्मी र एनआरटी भिड्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन...

रोटरी क्लब अफ विराटगर डाउनटाउनद्वारा मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, ८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबले...

लेखाका कर्मचारीको माग प्रदेश सरकारले सम्बोधन गर्ने, कर्मचारी फर्किए काममा

विराटनगर । कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...

सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

विराटनगर, ४ पुस-प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक...

१२ वटा सुन गोहोरोसहित मोरङको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ

मोरङ —संरक्षित वन्यजन्तुमा पर्ने लगभग एक किलोग्रामतौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले मोरङको सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ। संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्