कृषि सामाग्री कम्पनी विराटनगरद्वारा सहकारीलाई युरिया मल वितरण सुरु

 न्यूज विराट
कृषि सामाग्री कम्पनी विराटनगरद्वारा सहकारीलाई युरिया मल वितरण सुरु

विराटनगर, २९ साउन । धानबालीको उत्पादन वृद्धिका लागि आवश्यक पर्ने युरिया रसायनिक मल कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि वितरण कार्य शुरु गरेको छ। कार्यालयका प्रमुख नरेश कुमार सापकोटाले अहिले कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलव्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य शुरु गरेको बताउनु भयो । कम्पनीले युरिया वितरण गर्ने सम्वन्धमा सहकारीलाई एक महिनादेखि पत्र पठाएको उहाँले बताउनुभयो ।

कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरिएको थियो । कम्पनीले विहान १० बजेदेखि साँझ ५बजेसम्म मल विक्री वितरण गर्ने गरेको छ। कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिशका आधारमा सहकारी मार्फत किसानलाई मल विक्री वितरण गर्ने गरेको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले विराटनगर सहित शाखा कार्यालयहरु गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाम मार्फत मल वितरण गरेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताउनुभयो ।

विस २०७८ माघदेखि युरिया मल मौज्दातमा अभावको कारण वितरण गर्न सकेको थिएन भने अहिले युरिया मल प्राप्त भएकोले वितरण शुरु गरेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । प्रदेशमा कृषकहरुलाई बार्षिक रुपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मे.टन र पोटास सात हजार मे टन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कम्पनीले ५० केजीको युरिया रु ७५०, डिएपी ५० केजीको रु दुई हजार २०० र पोटास ५० केजीको रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ । संस्थानकाले आफ्नो मल विक्री वितरणको सम्पूर्ण हिसाव दुरुस्त राख्नुका साथै अनलाईनमार्फत मन्त्रालयलाई जानकारी दिने गरेको छ । धानको विरुवालाई फस्टाउन नाइट्रोजन, फोस्फोरस र पोटास चाहिन्छ । युरिया मलले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस । धानबालीलाई समयमा मलखाद दिन नसके उत्पादन एक तिहाईले घट्छ । एक किलो रसायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ ।

बाली–बिरुवाका लागि १६ प्रकारका पोषक तत्व आवश्यक पर्दछन्, जसमध्ये धेरै अभाव भइरहने र बिरुवालाई बढी मात्रामा आवश्यक पर्ने तत्व नाइट्रोजन हो । नाइट्रोजनको सस्तो र भरपर्दाे स्रोत युरिया मल हो । युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ । बिरुवाको वानस्पतिक विकासको लागि नाइट्रोजन अपरिहार्य रहेको छ । गङ्ग्रोती सहकारी संस्था रतुमाई –३ का मोरङका लक्ष्मीप्रसाद सिंहले कम्पनीको पत्रको आधारमा विगत तीनदिनदेखि मल लिनको लागि कम्पनी आइरहेको बताउँदै तर कम्पनीमा अध्याधिक भीडभाडले संस्था नविकरण गर्न समस्या भएको बताउनुभयो ।

उहाँले कार्यालयले ५० केजीको ८० देखि १०० बोरा प्राप्त हुने तर सहकारीमा पाँच हजार कृषक आवद्ध भएकोले खुल्ला विक्री गर्ने जानकारी दिनुभयो । बाली विकास कृषि सहकारी संस्था लेटाङ मोरङका मानवबहादुर मगरले धान उत्पादन वृद्धिको लागि युरिया आवश्यक भएकोले विगत दुई दिनदेखि मलको लागि आइरहेको आजदेखि वितरण गरेको हुनाले प्राप्त हुने आशा व्यक्त्त गर्नुभयो ।

उहाँले कृषकलाई धानबालीका लागि प्रतिविगाहा दुई वोरा युरिया आवश्यक रहन्छ भन्नुभयो । मल लिन आउने सहकारी संस्थाले पालिकाको सिफारिश पत्र, मल माग सम्वन्धि संस्थाको सक्कल पत्र, अघिल्लो पटक लगेको मलको विक्री प्रतिवेदन,अघिल्लो पटक लगेको मलको अनलाईन सफ्टवेयरमा इन्ट्रि गरिएको हुनुपर्ने रहेको छ।

यसैगरी कम्पनीमा सहकारी संस्था नविकरणका लागि वार्षिक कारोवारको विवरण, नविकरण गरिएको कृषिको प्रमाणपत्रको प्रतिलिपि ,पालिकाको सिफरिश पत्र सक्कलै, संस्थाको निवेदन, संस्थाको विक्री मूल्य सूचि,असोज मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्रको कागजात संलग्न गर्नुपर्ने छ । साथै मल खरीदका लागि कम्पनीले तोकेको वैकमा रकम जम्मा गरेको भौचर संलग्न गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसान

जनकपुर, १३ वैशाखमुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...

विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले...

नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् । उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

युक्रेनी राष्ट्रपतिसँग कुरा गरेको ९१ मिनेटमा नै सहयोग रोक्न निर्देशन

एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्