नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

 न्यूज विराट
नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास बोर्डले गण्डकी प्रदेशको पोखरामा आगामी २८ असोज देखि ३ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ बाट ६ सय ९४ खेलाडी सहित ७ सय ८२ जनाको सहभागिता हुने जानकारी दिएको छ ।

बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त्त गरे । उनले भदौ महिनाको २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट तथा भदौ १० गतेदेखि १९ गतेसम्म प्रदेशस्तरीय वृहत खेलकूद प्रतियोगितामा ४ सय ५ वटा इभेन्टसहरुवाट ६ सय ९४ जना खेलाडी छनौट गर्ने तालीका सार्वजनिक गरिएको बताए ।

सदस्य सचिव वाग्लेले राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउनका लागि १० करोड रुपैयाँ बजेट आवश्यक भएकोमा प्रदेश सरकारबाट अहिले ५० लाख तथा राष्ट्रिय खेलकूद परिषदबाट ४९ लाख प्राप्त भएको जानकारीसमेत दिए ।

प्रतियोगितामा सहभागिताका लागि प्रदेशका १४ जिल्लामा छनोट कार्यक्रम गर्ने र खेलाडीहरुबाट खेलमा उत्कृष्ट सफलता प्राप्त गर्नका लागि वैज्ञानिक ढङ्गले बन्द प्रशिक्षणको व्यवस्था गरिएको बार्डकी सदस्य रोशनी राईले बताइन् ।

उनका अनुसार प्रतियोगितामा प्रदेशका खेलाडीहरुले २ सय ७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् भने उक्त खेलकुदमा प्रदेश १ उत्कृष्ट बन्ने दावी गरिन् ।
प्रदेशले १ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण, २० रजत र ५९ वटा कास्य सहित सातौं स्थान प्राप्त गरेको थियो ।

सम्बन्धित समाचार

प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो...

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...

सीएनआई कोसी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...

भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो...

सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम...

सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...

मृतकको संख्या २० पुग्यो

काठमाडौं, ३ असार-बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्