जिल्ला समन्वय समिति मोरङद्वारा पूर्व पदाधिकारी सम्मानित

 न्यूज विराट
जिल्ला समन्वय समिति मोरङद्वारा पूर्व पदाधिकारी सम्मानित

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नु भयो ।

प्रमुख राईले सभाको उद्घाटन गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सङ्घीयताको अनुभूति हुने गरि जनताको काम गर्नुपर्नेमा जोड दिनु भयो ।

समन्वय समितिका उप प्रमुख झा , पूर्व उपप्रमुख प्रकाश कुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य वविताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले जिससको अधिकार सुनश्चित भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।

सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ। समितिको जिल्लाका विगतमा कोराना महामारीको कारण भएको थिएन ।

 

सम्बन्धित समाचार

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३...

खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

एजेन्सी, जेठ ६-इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुलाई प्रशिक्षण गर्न दिन सहमत भएका छन् । अब प्रिमियर लिगका खेलाडीहरुले ५ जनासम्मको समूहमा प्रशिक्षण गर्न पाउने भएपनि खेलाडीहरुबीच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क...

नेपालमा कोभिड-१९ निको हुने दर बढ्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...

९ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप  अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश...

योगेश भट्टराई सवार गाडीको ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं रेफर

रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ...

मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्