विराटनगरबाटै लाइसेन्स लिन सकिने

 न्यूज विराट
विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए।

हालसम्म प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट लाइसेन्स वितरण भइरहेको थियो । त्यो सूचीमा विराटनगर पनि थपिएपछि अन्यत्र चाप कम हुने विश्वास सरकारको छ।

लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट नै दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए। यसअघि भने विराटनगरका सेवाग्राहीले इटहरीबाट लाइसेन्स लिने गरेका थिए।

प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट गएको बुधबार देखि नै अनलाईन फाराम भर्ने व्यवस्था मिलाइएको मन्त्री घिमिरेले बताए ।

सम्बन्धित समाचार

विराट नर्सिङ होम शिल

विराटनगर, साउन ८–विराटनगरस्थित विराट नसिङ होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अनिश्चितकालको लागि अस्पतला बन्द गरिएको छ । अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट...

लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...

पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाइँदै

प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । चारै जनाकाे अहिले आइसोलेसनमा उपचार जारी छ । ४ सक्रिय...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे:ईश्वर पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई...

ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्

निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्